९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


पाँचथरमा अवैध लागू औषधसहित ३ जना पक्राउ


0
Shares

जितेन्द्र भण्डारी-संवाददाता

पाँचथर । पाँचथरको फिदिमबाट अवैध लागू औषध खरिद विक्री कारोबारमा संलग्न ३ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कुम्मायक-४ रानीगाउँका २७ वर्षीय रविन लिम्बु, मिक्लाजुङ गाउँपालिका-१ सराङडाँडा निवासी ३२ वर्षिय सुमन राई र फिदिम नगरपालिका-४ बस्ने २७ वर्षीय वसन्त लक्सम रहेका हुन् । फिदिम-४ नुमा मार्गमा रहेको बसन्त लक्समको घरबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक ख्यामराज घिमिरले जानकारी दिनुभयो ।

उनीहरुको साथबाट प्रहरीले लागू औषध खैरो हिरोइन जस्तो लिसाईलो पदार्थ प्लाष्ट्रिकसहित १ ग्राम १ सय २० मिलिग्राम, मोबाइल २ थान समेत बरामत गरिएको उहाँको भनाइ छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको हो ।