Logo १८ कार्तिक २०८२, मंगलबार | Wed Nov 5 2025


एन्फा यू-१६ युथ लिग फुटबलमा श्री भगवती क्लब विजयी


182
Shares

काठमाडौं । एन्फा यू-१६ युथ लिग फुटबलमा श्री भगवती क्लब विजयी भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सोमबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ गोलले पराजित गर्दै श्री भगवती विजयी भएको हो । श्री भवतीका लागि निशान थनेट र अनिल परियारले गोल गरेका थिए ।

हिमालयन शेर्पाका जेनिल सुब्बाले एक गोल फर्काएका हुन् । सोह जितसँगै १५ खेलबाट १७ अंक जोडेको श्री भगवती आठौं स्थानमा उक्लिएको छ । पराजित भएको हिमालयन शेर्पा समान खेलबाट १६ अंकका साथ नवौं स्थानमा रहेको हो ।