
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्री प्रसाद पाण्डेले मानव सभ्याताले आफ्नो संस्कृति र पहिचान भुल्न नहुने बताउनुभएको छ ।
काठमाडौं सोमबार आयोजित साँस्कृतिक र रचनात्मक अर्थतन्त्रको प्रवद्र्धन सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मौलिक संस्कृति, पहिचानतिर फर्केको अवस्थामा मात्रै समाज सभ्य, शान्त र खुशीमा आधारित समाज निर्माण हुने बताउनुभयो । संस्कृति नै संसारभरी शान्तिको सन्देश फैलाउन सक्ने रणनिति र सामरिकी शक्ति भएको उहाँको भनाइ छ ।
मानव समाज र सभ्यतालाई समुन्नत बनाउन युनेस्को लगायतका संस्थाहरुले प्रयत्न गरिरहेको बताउँदै मन्त्री पाण्डेले भौतिक विकासको होडबाजीले मात्रै मानव सभ्यतालाई शान्त बनाउन नसक्ने बताउनुभयो । हरेक समुदायमा रहेका संस्कृतिका आयाम र पहिचानको संवेदनशीलतालाई एक अर्को समुदायले बुझेको खण्डमा मात्रै मान्छेले मानवलाई बुझ्ने उहाँको भनाइ छ ।
मन्त्री पाण्डेले पछिल्लो दिनमा नेपालमा गुरुकुलहरुको स्थापना हुन थालेको बताउनुभयो । जसले हाम्रो ज्ञानको विरासतको खोजी गरिरहेको उहाँको भनाइ छ । उहाँका अनुसार वीहारहरु संचालन हुन थालेको हो । गुरुकुल र वीहारप्रति आर्कषण बढेकोले यसले हाम्रो ज्ञानको अर्को कालखण्डको खोजी, अमुर्त सम्पदाको खोजी र अभौतिक सम्पदाको खोजी गर्ने प्रारम्भ गरेको छ । बिहावारीमा लगाउने दौरा सुरुवाल कोट र नेवार समुदायले प्रयोग गर्ने हाकुपटासीको प्रचलन अहिले बढ्न थालेको उहाँले बताउनुभयो ।
उहाँले हस्तकलासँग जोडिएका हाम्रो पहिचान, मौलिकतालाई संरक्षण र प्रवद्र्धन गर्दै यसलाई श्रमसँग जोड्नुपर्नेमा जोड दिनुभएको छ । मन्त्री पाण्डेले पाल्पा-तेह्रथुमको ढाकाटोपीको उद्यम पनि अहिले बढ्न थालेको बताउँदै यसले हामीलाई हाम्रा संस्कृतितिर फर्काउने र संस्कृतिलाई उद्योगतिर जोड्ने काम गरिरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्