
काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता वामदेव गौतमले पार्टीका नेताहरू काठमाडौं केन्द्रित भएको भन्दै आलोचना गर्नुभएको छ ।
काठमाडौंमा साेमबार आयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै वरिष्ठ नेता गौतमले यस्तो बताउनुभएको हो । पार्टीका सबै शीर्ष नेता राजधानी उपत्यकामा मात्र रहने प्रवृत्तिका कारण पार्टी संगठनलाई कमजोर बनाएको उहाँको भनाइ छ । उहाँले पार्टीका सबै सदस्यहरुलाई कुनै न कुनै जिम्मेवारी तोक्नुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीमा बसेर पार्टीको नीति र सिद्धान्त पालना नगरेका नेताहरुलाई ‘नक्कली कम्युनिष्ट’को संज्ञा दिनुभएको छ।
उहाँले सदस्यले समाजवाद बुझ्ने, समाजवाद निर्माणका लागि आजको परिस्थितिमा आवश्यक कार्य गर्ने र जनतासम्म पुग्ने जिम्मेवारी लिनुपर्ने बताउनुभएको छ । पार्टीका शीर्ष नेताहरु जनताको माझ नगएसम्म कार्यकर्तामा उत्साह पैदा नहुने उहाँको थियो । आफूमा पार्टीमा आवद्ध भएको २ महिना पुग्दा समेत पार्टीले जिम्मेवारी नदिएको भन्दै उहाँले गुनासो समेत गर्नुभएको छ ।
कम्युनिष्ट पार्टीहरु सिद्धान्त बिना संचालन हुन नसक्ने उल्लेख गर्दै वरिष्ठ नेता गौतमले अन्तरपार्टी संघर्ष आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्