९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


इजरायली सेनाकाे हवाई आक्रमणमा परी गाजामा ४ पत्रकारसहित १५ जनाको मृत्यु


897
Shares

एजेन्सी । इजरायली सेनाकाे हवाई आक्रमणका कारण गाजा क्षेत्रमा ४ पत्रकारसहित १५ जनाको मृत्यु भएको छ ।

दक्षिणी गाजा क्षेत्रको एक अस्पतालमा इजरायलले गरेको दोहोरो हवाई आक्रमणमा परी उनीहरुको मृत्युभएको नागरिक प्रतिरक्षा निकायले जनाएको हो । इजरायली सेनाले शुरुमा नासेर अस्पतालमा हवाई आक्रमण गरेको थियो । प्रारम्भिक हवाई आक्रमणपछि उद्धारकर्मी र पत्रकार घटनास्थल पुगेका थिए ।

प्रारम्भिक हवाई आक्रमणको केही समय लगत्तै फेरि दोस्रो पटक सोही स्थानमा अर्को हवाई आक्रमण गरेको बीबीसीले जनाएको हो । आक्रमणमा परी समाचार संस्था रोयटर्स, अल जजीरा, एपी र एनबीसीका पत्रकारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रोयटर्सका क्यामेराम्यान हुसाम अल मसरी, एसोसिएटेड प्रेसका लागि काम गर्ने स्वतन्त्र पत्रकार मरियम दग्गा, अल जजीराका मोहम्मद सलमेह र एनबीसीका फोटोग्राफर मुथा अबु ताहा रहेको गरिक प्रतिरक्षा निकायले जनाएको हो ।