९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


तारकेश्वरमा माइक्रोबस खोलामा खस्यो


1.079k
Shares

काठमाडौँ ।

काठमाडौँको तारकेश्वर नगरपालिका–७ स्थित साङलाखोलामा आज बिहान एक इभी माइक्रोबस खसेको छ ।

प्रहरीका अनुसार माइक्रोबस चार्जिङ स्टेसनबाट बसपार्कतर्फ जाँदै गरेकाे बागमती प्रदेश ०६-००१ ज ०५६२ नम्बरको माइक्रोबस खसेको हो । सो समयमा माइक्रोबसमा यात्रु नरहेका कारण मानवीय क्षति भने नभएको जनाइएको छ।

माइक्रोबस अचानक अनियन्त्रित भई साङलाखोलामा खसेको अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।