Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


विप्लवलाई भेट्न प्रचण्ड हरिसिद्धिमा


1.7k
Shares

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) लाई भेट्न हरिसिद्धि पुगेका छन्।

अध्यक्ष दाहाल र महासचिव विप्लवबीच सोमबार बिहान नेकपासँग पार्टी एकता गर्ने निर्णयमा छलफल सुरू भएको अध्यक्ष दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

तर नेकपाले भने पार्टी एकताको आधार प्रस्तुत गर्न माओवादीलाई आग्रह गरेको थियो। उक्त विषयमा केन्द्रित रहेर उनीहरूबीच भेटवार्ता भएको छ।