Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


चाबहिलको क्याफेबाट रेस लामा पक्राउ


5k
Shares

काठमाडौं ।

काठमडौंमा लामो समयदेखि गुण्डागर्दीमा संलग्न रहेको भन्दै प्रहरीको निगरानीमा रहेका ‘रेस लामा’ भनिने गोपाल मोक्तान अखेर पक्राउ परेका छन्।

आइतबार राति चाबहिलस्थित ‘ए वान क्याफे’मा बसेको अवस्थामा उनलाई गौशाला प्रहरी वृत्तको टोलीले नियन्त्रणमा लिएको हो। प्रहरी स्रोतका अनुसार मोक्तानमाथि विभिन्न आपराधिक गतिविधि-उगाहीदेखि धम्कीसमेतमा संलग्न रहेको आरोप छ। तर लामो समयसम्म उनी पक्राउ परिरहेका थिएनन्।

प्रहरीले विशेष सूचनाको आधारमा निगरानी बढाउँदै गएर उनलाई नियन्त्रणमा लिन सफल भएको जनाएको छ।
स्थानीय बासिन्दाले चाबहिल क्षेत्रमा यस्ता गिरोह सक्रिय हुँदा व्यापारिक वातावरण त्रासपूर्ण हुने गरेको गुनासो गर्दै आएका थिए। मोक्तानको पक्राउलाई प्रहरीले “राजधानीमा गुण्डागर्दी नियन्त्रण गर्ने अभियानको हिस्सा” भन्दै जनतामा विश्वास दिलाउने प्रयास गरेको छ।

यसअघि पनि उनले राजनीतिक संरक्षण र प्रभावशाली समूहसँगको नजिकताले सजिलै उम्किँदै आएको आरोप स्थानीयवासी लगाउँदै आएका थिए। तर यस पटक प्रहरी कडाइका साथ अघि बढेको देखिएको छ। मोक्तानलाई अहिले अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।