Logo ११ कार्तिक २०८२, मंगलबार | Tue Oct 28 2025


पर्सामा झाडापखालाको बढ्दो सङ्क्रमण, स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत नगर्ने


130
Shares

काठमाडौं ।

पर्सा जिल्लामा झाडापखाला र हैजाको संक्रमण फैलिन थालेपछि जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा नदिन निर्णय गरेको छ।

बैठकले संक्रमण प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी खटाउने, सचेतना अभियान सञ्चालन गर्ने र आवश्यक सामग्रीको व्यवस्था गर्ने निर्णय गरेको हो।

मधेस प्रदेशका स्वास्थ्य मन्त्री सत्रुधन प्रसाद सिंहको उपस्थिति रहेको बैठकले संघीय तथा प्रदेश सरकारबाट प्राप्त स्रोत र जनशक्तिको बनाएर व्यवस्थापन गर्ने र संक्रमणको स्रोत पहिचानका लागि अनुसन्धान गर्ने निर्णय पनि गरेको छ।

हाल फैलिरहेको महामारीको ‘सोर्स अफ इन्फेक्सन आइडेन्टिफिकेसन’का लागि महामारीको अनुसन्धान, सम्बन्धित स्थानीय तहले गर्ने तथा सोको लागि आवश्यक प्राविधिक सहयोग प्रदेश तथा संघीय स्वास्थ्य तथा जनसख्या मन्त्रालयले गर्ने निर्णय भएको जनाइएको छ।