Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


रुस र युक्रेनबीच युद्धबन्दी आदान प्रदान


2.5k
Shares

एजेन्सी ।

रुस र युक्रेनले संयुक्त अरब इमिरेट्सको मध्यस्थतामा पुन: युद्धबन्दी साटासाट गरेका छन्। एकअर्काले १४६-१४६ युद्धबन्दी साटासाट गरेका हुन्। 

युक्रेनले अवैध रूपमा नियन्त्रणमा राखेका आफ्नो कुर्स्क क्षेत्रका ८ नागरिकलाई पनि मुक्त गरिएको रुसले जनाएको छ। ‘अगष्ट २४ मा, १४६ रुसी सैनिकलाई युक्रेन नियन्त्रण क्षेत्रबाट फर्काइएको छ। बदलामा १४६ युक्रेनी सशस्त्र फौजका युद्धबन्दीरूलाई युक्रेन पठाइयो’, रुसको रक्षा मन्त्रालयले भनेको छ।

मुक्त रुसी बन्दीहरू अहिले बेलारुसमा मनोवैज्ञानिक र चिकित्सकीय उपचार गराइरहेका छन्। यो वर्ष विभिन्न चरणमा सयौँ युद्धबन्दी साटासाट भइसकेका छन्। इस्तानबुलमा मेदेखि जुलाईसम्म भएको तीन चरणको वार्ताबाट कैदी आदानप्रदान सहज भएको हो।

यसैबीच, रुसले कुर्स्क आणविक विद्युत् गृहमा राति युक्रेनले ड्रोन आक्रमण गरेको आरोप लगाएको छ। एक सहायक ट्रान्सफर्मर क्षतिग्रस्त भएको रुसी अधिकारीले बताएका छन्।