
काठमाडौं । भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिप फुटबलमा नेपाल पराजित भएकाे छ ।
भुटानको चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा नेपाल बंगलादेशसँग ३-० गाेलले पराजित भएको हाे। समूहको बलियो प्रतिद्धन्दी मानिएको बंगलादेशसँग यसअघिको यहि उमेर समुहका २ खेलमा नेपालले एक जित र एक हार भोगेको छ ।
प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी ४ टोली सहभागी छन् । डबल राउण्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा सबैभन्दा बढी अंक जोड्ने टोली च्याम्पियन बन्ने भएकाे हाे । अहिलेसम्म भारत २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ । बंगलादेश र नेपालको समान ३ अंक छ ।
यद्यपी गोलअन्तरका आधारमा बंगलादेश दोस्रो र नेपाल तेस्रोमा स्थानमा रहेका हुन् ।
प्रतिक्रिया दिनुहोस्