
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भ्लोदिमिर जेलेन्स्कीलाई शुभकामना सन्देश पठाउनुभएको छ ।
राष्ट्रपति ट्रम्पले आइतबार अतिक्रमणविरुद्ध रूससँग युद्धरत युक्रेनको ३४औंं स्वतन्त्रता दिवस अवसरमा समकक्षी जेलेन्स्कीलाई शुभकामना सन्देश पठाउनुभएको हो । राष्ट्रपति ट्रम्पले सोही शुभकामना पत्रमा युक्रेनी जनताको साहसले धेरैलाई प्रेरणा दिएको उल्लेख गर्दै अब अर्थहीन हत्याको अन्त्य गर्ने समय भएको उल्लेख गर्नुभएको छ ।
अमेरिकाले रक्तपात अन्त्य गर्ने र युक्रेनको सार्वभौमिकता र मर्यादाको रक्षा गर्ने दिगो, दिगो शान्तितर्फ डोऱ्याउने वार्तालापको समाधानलाई समर्थन गर्ने पनि उहाँले पत्रमा उल्लेख गर्नुभएको छ । पत्रको प्रत्युत्तरमा समकक्षी जेलेन्स्कीले ट्रम्पलाई धन्यवाद दिंदै आफूहरूले यो युद्ध समाप्त गर्न सक्ने बताउनुभयो ।
सन् १९९१ अगष्ट २४ तारिखका युक्रेनले तत्कालीन सोभियन संघबाट आफू अलग भएको घोषणा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्