
काठमाडौं । नेकपा एमाले सांसद योगेश भट्टराईले वर्तमान सरकारको कार्यकालभित्रै संविधान संशोधनको प्रस्ताव संसदमा ल्याउने बताउनुभएको छ ।
काठमाडौंमा आयतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले निर्वाचन प्रणाली संविधान संशोधनसँग जोडिएको र सरकारले संविधान संशोधनको एजेण्डालाई प्राथमिकतामा राखेको बताउनुभयो । संशोधन प्रश्ताव लैजाने बारेमा संसदका सबै राजनीतिक दलसँग छलफल हुने समेत उहाँले स्पष्ट पार्नुभएको छ।
सांसद भट्टराईले संविधान संशोधनका लागि संसदको दुई तिहाई बहुमत आवश्यक पर्ने भन्दै नेपाली कांग्रेस र एमालेको समर्थनले मात्रै संविधान संशोधन हुन नसक्ने बताउनुभयो । संविधान संशोधनका एजेण्डालाई नागरिकमा पनि लगेर छलफल गर्नुपर्ने उहाँको भनाइ छ । सकेसम्म सर्वसम्मत हुनेगरी संविधान संशोधनको प्रस्ताव लैजाने उहाँको प्रतिवद्धता थियो ।
सांसद भट्टराईले राजनीतिक दलहरुको अडिट पनि महालेखाले गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ।
प्रतिक्रिया दिनुहोस्