
काठमाडौं । आर्थिक वर्ष २०८१/०८२ को उखुको भुक्तानी रकम माग गर्दै किसान आन्दोलनमा उत्रेका छन् ।
किसानले आइतबार उखुको भुक्तानीको माग राखेर काठमाडौंको गौशालादेखि माईतीघरसम्म प्रदर्शन गरेका हुन् । किसानले सरकारले तोकेको प्रतिक्वीन्टल ७० रुपैयाँका दरले अनुदान भुक्तानी गर्नुपर्ने माग राखेका हुन् । त्यस्तै, उनीहरुले उखुको मूल्य प्रतिक्वीन्टल १ हजार रुपैयाँ पुर्याउनुपर्ने माग अगाडि सारेका छन् ।
प्रदर्शनमा किसानले ‘उखु किसानको अनुदान कटौती गर्न पाइँदैन, उखु कृषक शोषण बन्द गर, किसानसँग भएका सम्झौता लागू गर’ लगायतका माग लेखिएका प्लेकार्ड बोकेका थिए । नेपाल उखु उत्पादक महासंघको नेतृत्वमा किसाहरु सडक आन्दोलनमा होमिएका हुन् ।
सरकारले किसानलाई दिंदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेको छ । सोही निर्णयको बिरोधमा किसानले काठमाडौं केन्द्रित आन्दोलन शुरु गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्