Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


एमसीसी परियोजना सैन्य रणनीतिसँग जोडिएमा खारेज गर्न सरकार अघि बढ्नुपर्छः महासचिव गुरूङ


247
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग सैन्य रणनीति जोडिएको छ कि छैन भन्ने विषयमा गम्भीर निगरानी गर्नुपर्ने बताउनुभएको छ ।

काठमाडौंमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गुरुङले यस्तो बताउनुभएको हो । हालसम्म परियोजना कार्यान्वयनका क्रममा जग्गा अधिग्रहण लगायतका पक्षमा सैन्य योजनासँग प्रत्यक्ष सम्बन्ध नदेखिएको भएपनि भविष्यमा त्यस्तो सम्बन्ध पुष्टि भएको खण्डमा सरकारले तत्काल त्यसलाई खारेज गर्ने तयारीका साथ सजकता अपनाउनुपर्ने उहाँको भनाइ छ ।

महासचिव गुरुङले एमसीसीलाई विकास परियोजना र आर्थिक सहयोगको दृष्टिले हेर्दा सारकात्मक भएको पनि टिप्पणी गर्नुभयो । आर्थिक सहायतार्फत प्राप्त सहयोगले नेपालको कृषि, औद्योगिक अर्थतन्त्र र राष्ट्रिय पूँजी निर्माणमा टेवा र्पुयाउन सक्ने वा नसक्ने विषय निक्र्यौल गरेर मात्र निर्णय गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ ।

महासचिव गुरुङले राष्ट्रिय पूँजी निर्माणलाई कुण्ठित गर्ने आर्थिक सहायता लिन नहुनेमा जोड दिनुभयो ।