८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025


सरकारले एमसीसीको बारेमा अमेरिकी उपनिवेशवादी दवाबको सामना गर्न सकेन: महासचिव विप्लव (भिडियाेसहित)


364
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको बारेमा नेपाल सरकारले अमेरिकी उपनिवेशवादी दवाबको सामना गर्न नसकेको बताउनुभएको छ ।

काठमाडौंमा आइतबार आयोजित एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । महासचिव विप्लवले संसदबाट एमसीसी अनुमोदन गर्नु सरकारको आत्मसमर्पणवादी कदम भएको टिप्पणी गर्नुभएको हो । उहाँले सरकार अमेरिकी उपनिवेशवादी दवावसामु टिक्न नसकेका कारण एमसीसी संसदबाट अनुमोदन हुनु स्वाभिमानी नेपाली नागरिकका लागि पीडादायी दृश्य रहेको स्मरण गर्नुभयो ।

संसदभित्र एमसीसीको पक्षमा मतदान गर्ने सांसदहरुको व्यवहार जनताले अस्वीकार गरेको बताउदै महासचिव विप्लवले त्यसलाई कुरुप आत्मसमर्पणको संज्ञा दिनुभएको छ । एमसीसी नेपालको संविधान र कानून अनुकुल नभएको पनि उहाँको टिप्पणी थियो । उहाँले एमसीसी परियोजनाको पारदर्शीतामा समेत नागरिकको विश्वास नरहेको उल्लेख गर्नुभएको छ । परियोजनाका लागि खरिद गरिएका गाडी, कर्मचारीको तलब र खर्च नेपाली नागरिकका लागि अचम्मलाग्दो भएको उहाँको भनाइ थियो ।

महासचिव विप्लवले परियोजना कार्यान्वयनका लागि जमिन अधिग्रहणका विषयमा स्थानीयको गुनासो र आक्रोशको बेवास्ता गरिएकोमा नागरिकमा अझै पनि असन्तोष र आक्रोष व्याप्त रुपमा रहेको उल्लेख गर्नुभयो ।