
काठमाडौं । गृहमन्त्री रमेश लेखकले द्वन्द्वकाे व्यवस्थापन भनेकाे सम्झौता पनि भएको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयाेजित नेपालमा शान्ति निर्माणका चुनाैती विषयक उद्घाटन समारोहमा उहाँले यस्तो बताउनुभएको हाे ।
“द्वन्द्वकाे प्रकृति फरक छ । जहाँ द्वन्द्वकाे छ त्यहाँ समाधान पनि छ । हामीले ठिक ढगले बुझ्दिनुपर्छ । द्वन्द्वकाे व्यवस्थापन भनेकाे सम्झौता पनि हाे । दुबै पक्षले आफ्नो अडान काम राखे द्वन्द्व व्यवस्थापन हुँदैन । द्वन्द्वरत पक्षका बिचमा सम्झौता भएर संविधान बनेकाे हाे,” उहाँले भन्नुभयो ।
द्वन्द्वकाे रुप परिवर्तन भए पनि द्वन्द्व कायम रहेको गृहमन्त्री लेखकको भनाइ छ । “द्वन्द्व सकारात्मक र नकारात्मक दुई थरी कै हुन्छन् । सकारात्मक द्वन्द्वकाे व्यवस्थापन गर्दा देशले विकास हुन्छ भने नकारात्मक द्वन्द्वले देशमा दुर्गति निम्त्याउछ । द्वन्द्व व्यवस्थापनमा, द्वन्द्वकाे पहिचान, समय र सम्झौता मुख्य कुरा हाे, ” उहाँले भन्नुभयो ।
देशमा उत्पन्न द्वन्द्व र अस्थिरताले धेरै संविधान बन्ने अवस्था सिर्जना हुने गरेकाे गृहमन्त्री लेखकले स्मरण गर्नुभयाे । “अहिलेसम्म नेपालमा सात वटा संविधान बने । धेरै संविधान बन्ने कुरा राम्रो हाेइन । धेरै सडक, पुल, विद्यालय, अस्पताल बन्ने कुरा राम्रो हाे,” उहाँले भन्नुभयो ।
वर्तमान संविधान असफल भयाे भने देशमा अकल्पनीय द्वन्द्व हुने गृहमन्त्री लेखककाे भनाइ छ । ” केही मान्छे संविधान असफल बनाउने षड्यन्त्र गरिराख्नुभएकाे छ । संविधानलाई समय सापेक्ष संशोधन र संविधानकाे रक्षा आवश्यक छ, ” उहाँले भन्नुभयो ।यस्तै संविधानले गरेकाे अधिकारकाे बाँडफाँडले द्वन्द्व उत्पन्न गराइरहेकाे भन्दै त्यसकाे व्यवस्थापन आवश्यक रहेकाे गृहमन्त्री लेखकले बताउनुभयो ।
“अहिले पालिकामा प्राकृति स्राेत साधानकाे वितरण र सीमाकाे द्वन्द्व छ । यसकाे पनि व्यवस्थापन गर्नु विश्व विद्यालयले गर्न सक्छ । द्वन्द्वका धेरै पाटा छन् । उत्पन्न द्वन्द्व र सम्भावित द्वन्द्वकाे व्यवस्थापन गर्नुपर्छ,” उहाँले भन्नुभयो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट द्वन्द्व व्यवस्थापनकाे विषय अध्यापन गर्नेहरु बढेको भन्दै त्रिभुवन विश्वविद्यालयले स्कलरशीपकाे काेटा बढाउन आफूले पहल गर्ने गृहमन्त्री लेखकले बताउनुभयाे ।
प्रतिक्रिया दिनुहोस्