७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


मिनेन्द्र रिजालको माओवादीका अध्यक्ष दाहाललाई प्रश्न: ‘तपाईले राजनीति छोड्दैमा गर्ल्यामगुर्लुम्म ढल्ने के छ ?’


1.391k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेकपा माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै राजनीति छोड्दा गल्र्यामगुर्लम्म ढल्ने के छ भन्दै प्रश्न गर्नुभएको छ ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो प्रश्न गर्नुभएको हो । उहाँले नेपालमा कुनै राजनीतिक दलका नेताले मैले छोडिदिएँ भने सबै गल्र्यामगुर्लम्म झर्छ जस्तो लाग्छ भन्ने अभिव्यक्ति दिएको बताउनुभएको छ । पृथ्वी नै बोकेको जस्तो के छ भन्ने उहाँको प्रश्न थियो ।

केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आफूले छोड्दा सबै गल्र्यामगुर्लुम्म ढल्ने हो की जस्तो लाग्ने गरेको टिप्पणी गर्नुभएको थियो । राजनीतिक दलहरुमा पुस्तान्तरण नहुने भन्दै पुस्तान्तरण राजतन्त्रमा मात्रै हुने उहाँको भनाइ छ ।

नेता रिजालले कांग्रेसमा धुलो लागेको भन्दै धुलो पुछ्दा पार्टी देखिने टिप्पणी गर्नुभयो ।