७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


नामको लोकतन्त्रले देश विकास हुँदैनः उपाध्यक्ष पाण्डे


351
Shares

काठमाडौं । नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले नामको लोकतन्त्रले देश विकास नहुने बताउनुभएको छ ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश विकास गर्न नेतृत्वमा निर्भर रहने बताउनुभयो । कतै देश विकास तानाशाहीहरुबाट भएको उदाहरण दिँदै उहाँले लोकतन्त्रले मात्रै देश विकास हुन्छ भन्ने सोच्न नहुने बताउनुभएको छ ।

कम्युनिष्ट पार्टीभित्र पनि तानाशाही र निरंकुशता हावी रहेको बताउदै उहाँले यसकाविरुद्ध लडिरहेको उदाहरण देखिरहेको बताउनुभयो । पीडितको जमघटले समाज परिवर्तन गर्न नसकिने उहाँको भनाइ छ । उपाध्यक्ष पाण्डेले युवाहरुकोबीचमा गएर बहस र संगठित गरेर मात्रै देशलाई नयाँ शिराबाट अघि बढाउन सकिने बतउनुभयो ।

विश्वविद्यालयहरु विगतमा असल नेता निर्माण गर्ने केन्द्र भएको बताउदै उपाध्यक्ष पाण्डेले अहिलेका युवा नेता देखेपछि मानिसहरु भाग्ने गरेको बताउनुभएको छ।