७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


नयाँ विचारसहितको नयाँ पुस्ताकाे आवश्यकः अध्यक्ष भट्टराई


299
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बहसलाई वैचारिक ढंगबाट अघि बढाउन जरुरी रहेको बताउनुभएको छ ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अहिले बहस वैचारिक ढंगले भन्दा व्यक्ति केन्द्रित भइरहेको उहाँको भनाइ छ । उहाँले पुस्तान्तरण हुन जरुरी रहेको तर विचारसहितको पुस्तान्तरण आजको आवश्यकता भएको बताउनुभयो । पुस्तान्तरण मात्रै भन्दा राजावादीहरुले पूर्वराजा ज्ञानेन्द्र शाहका नातीलाई अघि सारेको समेत अध्यक्ष भट्टराईले बताउनुभएको छ।

नयाँ विचारसहितको नयाँ पुस्ता आवश्यक रहेको उहाँको तर्क थियो । उहाँले विविधतायुक्त, आर्थिक र सामाजिक अवस्थालाई माथि उकास्ने गरी अघि बढ्न जरुरी रहेको बताउनुभएको छ । अध्यक्ष भट्टराईले वैचारिक राजनीतिक शक्तिको विकल्प नरहेको बताउनुभयो ।