
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले ल्याउन लागेको भूमि सम्बन्धी विधेयकलाई मुलुक र जनताको हित विपरीत रहेका कारण कडा प्रतिकार गर्ने घोषणा गरेको छ ।
पार्टीका महासचिव लालबाबु राउतले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो घोषणा गर्नुभएको हो । जसपा नेपालले सोही विधेयक भू–माफिया र जग्गा दलालको हितमा मात्र हुने, वन–जंगल विनाश गरी तराई-मधेशलाई मरुभूमिकरणतर्फ धकेल्ने खालको रहेको आरोप लगाएको छ।
संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट यहि भदौ ५ गते विधेयकको प्रक्रिया अघि बढेपछि जसपाको केन्द्रीय सचिवालय बैठकले ‘भूमि र वन बचाऔं, मधेशलाई मरुभूमिकरण हुनबाट जोगाऔं’ अभियान अन्तर्गत भदौं ९ देखि १५ गतेसम्म देशैभरीका विभिन्न शहरहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।
आमजनसमुदायलाई विरोध कार्यक्रममा सक्रिय सहभागिता जनाउन समेत जसपा नेपालले आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्