७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


प्रधानमन्त्री ओलीसँग विपिन जोशीकी आमा र बहिनीले भेटे


676
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग हमासको कब्जामा रहेका विपिन जोशीकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशीले भेटवार्ता गरेका छन् ।

हालै इजरायलबाट फर्केका उनीहरूले शनिबार प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् । दुवै जना आमा र छोरी विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसदका अध्यक्षसँग भेटेर फकिएका छन् ।

भेटपछि प्रधानमन्त्री ओलीले शनिबार विपिनको रिहाइको पहलका लागि सरकारले कुनै पनि कसर बाँकी नराखेको सामाजिक संजालमार्फत जानकारी गराउनुभयाे ।

प्रधानमन्त्री ओलीले सामाजिक संजालमा यस्ताे लेख्नुभएकाे छ: