७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


ओली नेतृत्वको सरकार अधिनायकवाद र तानाशाहीकरणतर्फ उन्मुख भएको माओवादी केन्द्रको आरोप


195
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाले सरकार अधिनायकवाद र तानाशाहीकरणतर्फ उन्मुख भएको आरोप लगाउनुभएको छ ।

उपाध्यक्ष सापकोटाले संचारकर्मीसँग कुरा गर्दै राज्यका सबै संयन्त्रहरुमा दुई दलीय पकड कायम गर्नेमा सत्तारुढ दुई ठूला दलहरु लागिरहेको आरोप समेत लगाउनुभएको हो। विशेषतः नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय संयन्त्र सबैलाई आफ्नो नियन्त्रणमा राख्ने दिशातिर अघि बढिरहेको उहाँको दावी छ ।

उहाँले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने खेल त्यसकै एउटा उदाहरण भएको बताउनुभयो । उपसभामुखबाट रानालाई हटाउने कुरा प्रतिशोधपूर्ण र बदनियतपूर्ण रहेको उहाँको जिकिर छ ।

उपाध्यक्ष सापकोटाले संवैधानिक परिषद्मा बहुमत पुयाउन प्रधानमन्त्री ओलीले बद्नियतपूर्ण काम गरिरहेको आरोप लगाउदै सोही कार्य गैरसंसदीय प्रक्रिया भएको बताउनुभएको छ ।