७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


भारत र चीनविरूद्ध भारतीय दूतावास अगाडि संयुक्त विद्यार्थी संगठनको प्रदर्शन


351
Shares

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले नेपाली भूमि लिपुलेक हुँदै सीमापार व्यापार गर्न भारत र चीनबीच भएको सहमतिविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

उनीहरुले काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास अगाडि शनिबार विरोध प्रदर्शन गरेका हुन् । विरोध कार्यक्रममा सहभागी विद्यार्थीहरूले ‘गो ब्याक इन्डिया–चाइना’ लेखिएका प्लेकार्ड र ब्यानर बोकेर नाराबाजी गरेका छन् ।

उनीहरूले लिपुलेकमार्फत हुने भारतीय र चिनियाँ ‘अतिक्रमणकारी षड्यन्त्र’ तत्काल रोक्नुपर्ने माग समेत गरेका थिए । आयोजक विद्यार्थी संगठनले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि आघात पुग्ने कुनैपनि कदमलाई सहन नसकिने पनि बताएका छन् ।

चीन र भारतबीचको सहमतिको नेपालमा सदनदेखि सडकसम्म तीव्र रुपमा विरोध भइरहेको छ ।