७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


मर्स्याङ्दी नदी किनारमा शव फेला


182
Shares

काठमाडौं ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारस्थित मर्स्याङ्दी नदी किनारमा आज बिहान एक शव फेला परेको छ ।

नाम, थर र वतन नखुलेको अन्दाजी ३०र३५ वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले घटनाको अनुसन्धान भइरहेको र मृतकको सनाखत गर्ने प्रयास गरिएको जानकारी दिनुभयो ।