
काठमाडौं । अस्ट्रेलियामा जारी टप एण्ड टी-२० क्रिकेट सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल पराजित भएको छ ।
अष्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान-२ मा शुक्रबार सम्पन्न भएको खेलमा पाकिस्तान शाहिन्ससँग नेपाल १ रनले पराजित भएको हो । पाकिस्तान शाहिन्सले टस जितेर पहिला ब्याटिङ रोजेको थियो।
उसले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको नेपाल ७ विकेट गुमाउँदै १ सय ४३ रनमा समेटिएको छ । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५२ रन तथा दिपेन्द्रसिंह ऐरीले अविजित ४१ रन बनाएपनि पर्याप्त हुन नसकेको हो।
सुस्त सुरुवात गरेको भएपनि रोहित र दिपेन्द्र मिलेर नेपाललाई राम्रो अवस्थामा पुर्याएका थिए । अन्तिम ओभरमा ८ रन आवश्यक रहँदा नेपालले ६ रन मात्र जोडेको थियो।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्