६ भाद्र २०८२, शुक्रबार | Fri Aug 22 2025


संसदको शक्ति सन्तुलन हेरेर मात्रै संविधान संशोधन कार्य अघि बढाउनुपर्छः प्रमुख सचेतक बर्तौला


377
Shares

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले तत्काल पार नलाग्ने कुरालाई बहसको विषय बनाएर अलपत्र पार्न नहुने बताउनुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । बिहीबार संसदमा नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले उठाउनुभएको संविधान संशोधनको विषयको बारेमा लक्षित गर्दै उहाँले संसदको अहिलेको शक्ति सन्तुलनले पार लगाउने स्थिति नदेखिएपछि संविधान संशोधनको कार्य अघि नबढाइएको स्पष्ट पार्नुभयो ।

उहाँले तत्काल निष्कर्षमा पु¥याउन नसकिने कुराहरु बहसमा ल्याएर छोड्ने कुरा राम्रो नहुने भएकाले आन्तरिक रुपमा गृहकार्य गरेर मात्रै संविधान संशोधनको विषय अघि बढाउन आवश्यक हुने उल्लेख गर्नुभयो । वर्तमान सरकारको उद्देश्य संघीयतालाई व्यवहारतः कार्यान्वयन गर्नका लागि लैजानु रहेको प्रमुख सचेतक बर्तौलाको भनाइ छ ।

कतिपय विषयवस्तुमा सिंगो देशलाई लैजाने तर संसदबाट पारित गर्न नसक्ने अवस्था भए त्यसका नाममा मुलुकमा अर्को फेरि अनावश्यक ध्रुवीकरण सिर्जना हुने उहाँले बताउनुभयो । प्रमुख सचेतक बर्तौलाले राजनीतिक संघीयता ठिक ढंगबाट कार्यान्वयनमा पुर्याउन सकिएको बताउनु भएको छ। उहाँले जनताको जीवनसँग जोडिएर सरकारले काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले सांसदहरु विधायीकी कार्यमै बढी जोडिनुपर्नेमा जाेड दिनुभएकाे छ ।