५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


चीन-भारतबीचको द्विपक्षीय व्यापार सम्झौताको विषय संसदमा प्रवेश (भिडियाेसहित)


0
Shares

काठमाडौं । महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमार्फत चीन-भारतको द्विपक्षीय व्यापार सम्झौताको विषयले संसदमा प्रवेश गरेको छ ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा भारत र चीनलाई क्षेत्रमार्फत व्यापार गर्न दिन नहुने भन्दै सत्ता र प्रतिपक्षी दलका सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । बैठकमा बोल्दै नेकपा एमालेमा प्रमुख सचेतक महेश बर्तौलाले लिपुलेक नेपालको अभिनन अंग भएको बताउनुभयो । उहाँले लिपुलेक, लिम्पियाधुरा र कालापानी जस्ता नेपालका अभिन्न अंगमाथि नेपालको स्वीकृतबिना सीमा व्यावार गर्ने भारत र चीनबीचको सहमतिको आफूहरु विरोध गर्ने बताउनुभएको छ।

त्यस्तै, प्रमुख प्रतिपक्षी ददल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले चीन र भारतकीचको उक्त सम्झौताले नेपाल आमालाई दुखिरहेको बताउदै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले नेपाललाई जानकारी समेत नदिई सीमा व्यापार गर्ने सहमतिप्रति माओवादी केन्द्रको गम्भीर ध्यानाकर्षण भएको बताउँदै आपत्ति प्रकट गर्नुभएको छ। कुनैपनि सरकारको कामभित्र गर्ने राष्ट्रिय स्वाधिनताको रक्षा गर्न कुटनीतिक र राजनीतिक पहल अगाडि बढाउन समेत उहाँले आग्रह गर्नुभयो ।

सन् २०२० मा पूर्वी लद्दाखमा दुई एशियाली शक्तिराष्ट्रका सैनिकहरूबीच झडप भएपछि सोही नाका व्यापारिक प्रयोजनका लागि बन्द थियो । गत डिसेम्बरमा भारत र चीनले नेपालको जानकारीबिनै यो नाकाबाट कैलास मानसरोवर यात्रामा जाने भारतीय तीर्थयात्री आवतजावतका लागि पुनः शुरु गर्ने समझदारी गरेका थिए ।

हालै दुवै देशले व्यापार सम्झौता गरेको कुरा बाहिरिएको छ । नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो भाएको दावी समेत भारतले अस्वीकार गर्दै आएको हो ।