Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


नेपाल भारत सीमा विवाद : नेपाली भू-भागमा चीन र भारतकाे मनाेमानी


1.2k
Shares

काठमाडौं ।

नेपाल भारतबीचको सिमा विवाद फेरी एकपटक बल्झिएको छ ।

नेपाली भू-भाग लिम्पियाधुरा,कालापानी र लिपुलेक भागमा चीन र भारतले नेपालसँगकाे सहमति बिना नै लिपुलेक मार्ग हुँदै व्यापार पुनः सुरु गरेकाे कारणले विवाद भएकाे हाे ।

नेपालको परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको दोहो¥याएको छ । लगत्तै भरतीय विदेश मन्त्रालयले नेपालप्रति भारतले पनि प्रतिक्रिया दिएको छ । भारतीय विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानी दसकौँदेखि प्रयोग गरी आएको र नेपालले जारी गरेको नक्सा आधारहीन रहेको दाबी गरेको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रेस विज्ञप्ति मार्फत् नेपालको परराष्ट्र मन्त्रालयद्वारा भारत–चीनबीच लिपुलेक मार्ग हुँदै व्यापार पुनः सुरु गर्ने सहमतिलाई लिएर जनाएको आपत्ति नोटिस्मा राखेको जनाएको छ ।


नेपालको संविधानमा नेपालको आधिकारिक नक्सा समावेश भइसकेको छ । नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई नेपालको अभिन्न भूभागकारुपमा रहेकाले ती क्षेत्रमा सडक निर्माण, विस्तार, सीमा व्यापारजस्ता कुनै पनि क्रियाकलाप नगर्न पनि नेपालले भारत सरकारलाई आग्रह गर्दै आएको थियो ।

तर, मंगलबार चिनियाँ विदेशमन्त्री वाङ यीको दुई दिने भारत भ्रमणका क्रममा भारत र चीनले नेपाललाई ‘बाइपास’ गरेर लिपुलेक नाका प्रयोगबारे सहमति गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ ३१ गतेदेखि भारत भ्रमण गर्ने औपचारीक रुपमै तय भएको अवस्थामा सीमा सम्बन्धि बिबाद पुन निस्कनुलाई अर्थपूर्ण रुपमा लिईएको छ ।