५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


विद्यालय पाठ्यक्रममा प्रविधिको प्रयोग बढाउने गरी विधेयकमा लेखौँः सांसद भण्डारी


377
Shares

काठमाडौं ।

नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले विद्यालय पाठ्यक्रममा प्रविधिको प्रयोग बढाउनेबारे आवश्यक विषय समेटिनुपर्ने बताउनुभएको छ ।

बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो ।

उहाँले शिक्षकहरुले अहिले सरुवाको दफामा शिक्षकहरुले आपत्ति जनाएको भन्दै खालि ठाउँमा सरुवा भएर जान पाइने कुरा स्पष्टसँग लेखिनुपर्ने बताउनु भयो । उहाँले पाठ्यक्रममा प्रविधिको कुराहरु जोडिनु अपरिहार्य रहेको बताउनु भयो ।

प्राध्यापकहरुलाई राजनीति नगर्ने, आफ्नो पेशागत संघसंस्थामा आवद्ध हुन नपाउने, विद्यालयमै केन्द्रित हुने कुरा उल्लेख गरिएको भन्दै प्राध्यापकहरुलाई कुनै नयाँ संघसंगठन खोल्न पनि नदिइने कुरा लेखिनुपर्ने बताउनु भयो ।


उहाँले भन्नुभयो, ‘शिक्षकहरुले अहिले सरुवाको दफामा हामीलाई प्रदेश, जिल्ला, गाउँमा एक पटक अवसर दिइयोस् । हामी खालि भएको ठाउँमा जान पाइयोस् भन्नुभएको छ । जिल्ला, प्रदेश र गाउँको शिक्षकहरुले भन्नुभएको छ । यस्तो कुरा बुझिने गरी राखौँ । अब म कहिले पनि सरुवा हुन पाइँन भन्ने मान्छेलाई फाइदा गर्दछ ।

हामीले पाठ्यक्रममा अहिले अहिले जसरी भएपनि नयाँ प्रविधिको विकास भएको कुरा महशुस गर्नुपर्दछ । हाम्रो पाठ्यक्रममा विश्वव्यापीकरणको प्रविधिको कुरा अवलम्वन गर्नेकुरा राख्नुपर्छ । प्राध्यापकहरुलाई राजनीति नगर्ने, आफ्नो पेशागत संघसंस्थामा आवद्ध हुन नपाउने, विद्यालयमै केन्द्रित हुने भनिएको छ, प्राध्यापकहरुले अर्को संगठन पनि खोल्न नपाउने लेख्नुपर्छ ।

कि त संघसंस्थामा आवद्ध हुन दिनुपर्छ । नत्र भने संघसंगठन खोल्न नदिने कुरा लेख्नुपर्छ ।’ समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी समितिको प्रतिवेदन माथि छलफल जारी छ ।