Logo २९ आश्विन २०८२, बुधबार | Wed Oct 15 2025


निजी विद्यालयका सञ्चालकहरुले आन्दोलन गर्ने चेतावनी


962
Shares

काठमाडौं ।

निजी क्षेत्रका विद्यालयहरुका छाता संगठनले विद्यालय शिक्षा विधेयकप्रति असहमति जनाउँदै आन्दोलन घोषणा गरेका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) ले हिजो संयुक्त पत्रकार सम्मेलन गरी भदौ ९ गतेदेखि आन्दोलनम उत्रिने बताएका हुन् ।

सरकारलाई माग पुरा गर्न भदौ ८ गतेसम्मको अल्टिमेटम दिंदै उनीहरुले सरकारले नसुनेमा ९ गतेदेखि निर्णायक आन्दोलन शुरु गर्ने घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा प्याब्सन अध्यक्ष कृष्णप्रसाद अधिकरीले भदौ ८ गतेसम्म पर्खिने र ९ गतेदेखि विद्यालय बन्द गरेरै आन्दोलनमा जाने बताउनुभयो । तर प्याब्सन अध्यक्ष अधिकारीले आन्दोलनको शुरुवातदेखि नै हुने बताउनु भएको छ ।

प्रतिनिधिसभाको शिक्षा समितिा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयकमा समावेश पूर्ण छात्रवृत्ति, विद्यालयमा उत्पादन नहुने सामग्रीहरू उपलब्ध गराउने प्रावधान खारेज, विद्यालयहरूलाई “गैर–नाफामूलक” बनाउने लगायतका प्रावधानप्रति निजी विद्यालय सञ्चालकहरुले असहमति जनाउँदै आएका छन् । अर्कोतर्फ सरकारी विद्यालयका शिक्षकहरुले पनि विद्यालय शिक्षा विधेयकप्रति असहमति जनाउँदै फेरि आन्दोलनमा जाने चेतावनी दिंदै आएका छन् ।