५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


प्रतिनिधि सभाको बैठक आज, सम्भावित तीन कार्यसूची


468
Shares

काठमाडाैं ।

सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा अर्थ समितिका सभापति सन्तोष चालीसेले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने छन् ।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक, २०८२ लाई दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूचीमा उल्लेख छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रिय सभाबाट पारित पानी जहाज ९सञ्चालन तथा व्यवस्थापन० विधेयक, २०८१ लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन् ।