४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


एमाले महासचिव पोखरेलको प्रश्नः नेपालको राजनीतिक कमजोरीको दण्ड कांग्रेस सभापति देउवाले व्यहोर्नुपर्ने हो ?


0
Shares

काठमाडौं । नेकपा एमाले महासचिव शंकर पोखरेलले पार्टी र कार्यकर्ताको विश्वासको जगमा प्रधानमन्त्रीको नेतृत्व प्राप्त हुने कुरा बुझ्न जरुरी रहेको बताउनुभएको छ ।

काठमाडौंमा बुधबार स्व‍‍.प्रदीप गिरीको स्मृति सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवालाई कति पटक प्रधानमन्त्री भएको भनेर प्रश्न सोधिनें गरेको समेत उहाँले बताउनुभयो । तर यसरी सोधिनु उदेक लाग्दो भएको उहाँको तर्क छ । उहाँले लोकतन्त्रमा पार्टी र कार्यकर्ताको विश्वासको जगमा नै प्रधानमन्त्रीको नेतृत्व गर्न पाइने कुरा बुझ्न जरुरी रहेको बताउनुभयो । देउवाले प्रधानमन्त्री पाँचौं पटक भएपनि कार्यकाल भने एउटा पनि पूरा गर्न नपाएको समेत महासचिव पोखरेलको भनाइ छ ।

उहाँले नेपालको राजनीतिको कमजोरीको दण्ड कांग्रेस सभापति देउवाले व्यहोर्नुपर्ने हो भन्दै प्रश्न समेत गर्नुभयो । राजनीति अस्थिर रहने र कति पटक प्रधानमन्त्री भएको भन्ने अर्थमा नेतृत्वको समीक्षा गर्ने कुरा उचित नरहेको बताउनुभयो । नेपालको राजनीतिमा भएको समस्यामा प्रवेश गरेर समाधान खोज्नुपर्नेमा उहाँको जोड छ । महासचिव पोखरेलले ध्रुवीकरण जरुरी छ भन्ने कुराको अर्थ साना दलहरुको अस्तित्व नामेट गर्न खोज्यो भन्न नहुने समेत बताउनुभएको हो । नेपालको चुनौती राजनीतिक अस्थिरता भएको समेत उहाँको भनाइ छ ।

नेपालको राजनीतिलाई चुनावका समयमको गठबन्धन नभएर नीतिका आधारमा जनमतलाई ध्रुवीकरण गर्ने राजनीतितर्फ उन्मुख हुनुपर्नेमा महासचिव पोखरेलको जोड थियो ।