Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


घट्याे सुनकाे मूल्य, प्रतितोला कतिमा हुँदैछ किनबेच ?


1.7k
Shares

काठमाडाैं ।

नेपाली बजारमा बुधबार सुनकाे मूल्य ताेलामा एक हजार ६ सय रुपैयाँ घटेको छ।

सुनको मूल्य आज तोलामा एक लाख ९३ हजार पाँचसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गएको मंगलबार सुन तोलामा आठसय रुपैयाँ बढेको थियो। त्यसयताका दुई दिनमा सुन तोलामा दुई हजार आठसय रुपैयाँ घटेको हो।

सुनको भाउ हिजो तोलाको एक लाख ९५ हजार एक सय रुपैयाँ थियो। यही साउन २३ गते सुनको मूल्य एक लाख ९९ हजार चारसय रुपैयाँ पुगेको थियो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो। त्यसयता सुनको मूल्य पाँच हजार ६ सय रुपैयाँ घटिसकेको छ।

आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४५ रुपैयाँ घटेर दुईहजार दुईसय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।