Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि थप्पड प्रहार


3.7k
Shares

काठमाडौं ।

दिल्लीकी मुख्यमन्त्री रेखा गुप्तामाथि मुख्यमन्त्री निवासमै आक्रमण प्रयास भएको छ । आक्रमण हुँदा यहाँ सार्वजनिक सुनुवाइ चलिरहेको थियो । मिडिया रिपोर्टका अनुसार रेखा गुप्तालाई थप्पड हानिएको छ । गुप्तामाथि आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले हिरासतमा लिएको छ । यसअघि उनलाई पक्राउ गरिएको खबर आएको थियो ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार सार्वजनिक सुनुवाइका क्रममा एक ३५ वर्षीय पुरुष अगाडि बढेर मुख्यमन्त्रीलाई केही कागजात बुझाए। कागज हेरेपछि सानो भनाभन चर्किँदै गएपछि उनले अचानक मुख्यमन्त्री गुप्तामाथि थप्पड प्रहार गरेका थिए।
दिल्ली भाजपा अध्यक्ष वीरेन्द्र सक्सेनाले घटनाबारे प्रतिक्रिया दिँदै भने, “आरोपी व्यक्तिले मुख्यमन्त्रीको हात तानेका थिए।

त्यस क्रममा उनको टाउको टेबलको कुनामा ठोक्किएको छ। थप्पड प्रहार हुनु नै गलत हो, यो निन्दनीय घटना हो।” दिल्ली मुख्यमन्त्री कार्यालयले पनि घटनाको पुष्टि गर्दै विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “आज सार्वजनिक सुनुवाइको क्रममा एक व्यक्तिले मुख्यमन्त्री रेखा गुप्तामाथि आक्रमण गरे। आरोपीलाई तत्काल नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको छ।”