काठमाडौं ।
अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले आज आफ्नो पाँचौ खेल अष्ट्रेलियाको मेलबर्न रेनेगेड्स एकेडेमीसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजेबाट सुरु हुनेछ ।
नेपालले हालसम्म सिरिजमा खेलेको चार खेलमध्ये तीन हार र एक जित निकालेको छ । पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भयो । चौथो खेलमा भने मंगलबार नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ रनले हरायो ।
११ टिममध्ये अंक तालिकाको नवौं स्थानमा रहेको नेपालका लागि आजको खेल जित्नै पर्ने दबाब छ । तीन खेल मात्र खेलेको मेलबर्नले एक हार र दुई जित निकाल्दै चार अंक बनाएको छ । अंक तालिकामा मेलबर्न पाँचौ स्थानमा छ । नेपालले यो सिरिजको अन्तिम खेलमा शुक्रबार पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्नेछ ।




प्रतिक्रिया दिनुहोस्