
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानका कारण प्रतिष्पर्धी राजनीतिक दलसँग मिलेर काम गर्नुको विकल्प नभएकाे बताउनुभएको छ ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा मंगलबार स्मृति दिवस आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अहिलेको संविधानले कसैलाई पनि बहुमत नदिने बताउदै उहाँले प्रतिष्पर्धीसँग पनि मिलेरसँगै काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
संविधान समावेशी समानुपातिक आधारको संविधान रहेको उहाँको भनाइ छ । नेपालको नयाँ संविधानको प्रयोग सफल भइरहेको समेत उहाँले बताउनुभयो । सबै पार्टीहरु मिलेर अघि बढ्नुपर्ने र स्वयं प्रतिष्पर्धीसँग मिलेर काम गर्नुपर्ने अवस्था रहेको सभापति देउवाले बताउनुभएकाे छ। यो एक किसिमले राम्रो भएको समेत उहाँले बताउनुभयाे।
सबैको अधिकारलाई ग्यारेन्टी गर्ने संविधान आफूहरुले बनाएको सभापति देउवाकाे भनाइ थियाे ।
प्रतिक्रिया दिनुहोस्