३ भाद्र २०८२, मंगलबार | Tue Aug 19 2025


कोशीका मुख्यमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता


1.872k
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ ।

मुख्यमन्त्री कार्कीले विराटनगरमा रहनुभएकी पूर्वराष्ट्रपति भण्डारीसँग सोमबार राति बिग होटलमा करिब १ घण्टा भेटवार्ता गर्नुभएको कार्कीको सचिवालयले जनाएको हो । सोही भेटका क्रममा मुख्यमन्त्री कार्कीसँग पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अपमानित गरेको गुनासो गरेको मुख्यमन्त्री निकट स्रोतले बताएको छ ।

पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न मुख्यमन्त्री कार्की, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगर, आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारी, खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री एकराज कार्की र सामाजिक विकासमन्त्री पाँचकर्ण राई पुगेका थिए । नेकपा एमालेले कार्यकर्तालाई भने पूर्वराष्ट्रपति भण्डारीसँग नभेट्न उर्दी नै जारी गरेको छ ।

सोमबार विराटनगरमा पुग्नुभएकी भण्डारीले मंगलबार दिउँसो १२ बजेदेखि १ घण्टा पार्टी कार्यालय पाञ्चालिकमा कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम रहेको छ ।