
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुख इन्दिरा राना मगरविरुद्ध महाभियोगको कल्पना पनि नगरिएको बताएको छ ।
नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरु धमाधम हस्ताक्षर अभियानमा रहेका बेला रास्वपाले यस्तो प्रतिक्रिया दिएको हो ।
उपसभामुख राना मगरले अमेरिकाको भिसाका लागि लेटरप्याडमा सिफारिस गरेर मानव तस्करी गरेको आरोप लागेको थियो ।
उहाँलाई राजीनामा गर्न आग्रह गर्दा पनि नमानेपछि हस्ताक्षर अभियान सुरु गरिएको कांग्रेसका सांसदहरुको दावी गरेका छन् ।
संविधानको धारा-१ को उपदफा (६)को ग मा पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाई बहुमतबाट पारित भएमा सभामुख वा उपसभामुख पदमुक्त हुने व्यवस्था छ ।
राना मगर रास्वपा सांसद पनि हुन् । रास्वपाले उनीविरुद्ध महाभियोग लगाउने कुरा कल्पनाबाहिरको भनेको छ ।
प्रतिक्रिया दिनुहोस्