
काठमाडौं ।
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउनका लागि प्रस्ताव अघि बढाउने तयारी गरेका छन् ।
कांग्रेस र एमालेले सांसद्हरुको हस्ताक्षर संकलन गर्न सांसदलाई सिंहरदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएका हुन् ।
एमालेका एक सांसदका अनुसार मंगलबार दिउँसो दुई बजेसम्म हस्ताक्षर गर्नेगरी सांसदहरूलाई जानकारी गराइएको छ ।
सामाजिक सञ्जाल नियमन गर्नेबारे सर्वोच्च अदालतको फैसलाको मात्र होइन उपसभामुखको महाभियोगबारे पनि छलफल भएको थियो । त्यही छलफलपछि मंगलबार नै त्यो प्रक्रिया अघि बढाउन दलहरु लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस्