३ भाद्र २०८२, मंगलबार | Tue Aug 19 2025


युक्रेन युद्ध अन्त्यका लागि ह्वाइट हाउसमा वार्ता


715
Shares

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्यको विषयमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र विभिन्न युरोपेली देशका नेताहरुसंग ह्वाइट हाउसमा वार्ता गर्नुभएको छ ।

बेलायती प्रधानमन्त्री केयर स्टार्मर, फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रों, जर्मन चान्स्लर फ्रेडरीच मर्ज, फिनल्याण्डका राष्ट्रपति अलेक्ज्यान्डर स्टब, इटलीका प्रधानमन्त्री जोर्जिया मेलोनी, युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन र उत्तर एटलान्टीक सन्धि संगठन नेटोका महासचिव मार्क रुटेसंग वार्ता गर्नुभएको हो ।

वार्तामा कुनै ठोस निष्कर्ष सार्वजनिक भने गरिएको छैन । यद्यपी राष्ट्रपति ट्रम्पले युद्ध अन्त्यको दिशामा प्रगति भएको दाबी गर्नुभएको छ । ट्रम्पले वार्ता स्थलबाटै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसंग टेलिफोन वार्ता समेत गर्नुभएको छ ।

४० मिनेट लामो वार्तामा ट्रम्पले पुटिनलाई जेलेन्स्कीसंग वार्ताका लागि आग्रह गर्नुभएको र पुटिनले पनि जेलेन्स्कीसंग टेवलमा बस्न आफू तयार रहेको बताउनु भएको जानकारी राष्ट्रपति ट्रम्प स्वयंले जानकारी दिनुभएको छ ।

ह्वाइट हाउसको छलफलपछि आफ्नो सामाजिक सञ्जला ट्रू सोसल मार्फत ट्रम्पले त्रिपक्षीय वार्ताको सहमति भएको र वार्ता स्थल र तिथि पछि तोकिने बताउनु भएको छ । ह्वाइट हाउसको छलफलमा युक्रेनमा शान्ति पुनर्वहाली तथा युक्रेनको सुरक्षाको विषयमा जेलेन्स्की र युरोपेली नेताहरुसंग छलफल भएको पनि उहाँले उल्लेख गर्नुभएको छ ।