
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई विराटनर विमानस्थलमा कोशी प्रदेशका मन्त्री र नेकपा एमालेका नेताहरूले स्वागत गरेका छन् ।
कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राई र एमालेका विनोद ढकालसहितका नेताहरुले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार विराटनगर विमानस्थलमा स्वागत गर्न पुगेका हुन् । एमालेको गत साउन ५ र ६ गते बसेको नवौं केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीमा आउन निषेध गरेको थियो ।
उहाँको सदस्यता समेत खारेज गरेर प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कुनै पनि गतिविधिमा सहभागी हुन नदिन निर्देशन समेत दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्