२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


पाकिस्तानमा पिकनिक गएकामाथि गोली प्रहार ७ जनाको मृत्यु


650
Shares

काठमाडाैं ।

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा पिकनिक गएर फर्किरहेकाहरुको समूहमाथि अज्ञात बन्दुकधारीहरूले आक्रमण गर्दा ७ जनाको मृत्यु भएको छ ।

बन्दुकधारीहरुले एम्बुसमा पारी गोली हानी ७ जनाको हत्या गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । आक्रमणमा केही घाइते भएको बताइएको छ । पीडितहरूमाथि पेशावरबाट लगभग ६५ किलोमिटर दक्षिण–पश्चिममा रहेको कोहट जिल्लाको उपनगर रेगी शिनो खेलमा आक्रमण भएको प्रहरीले जानकारी दिएको हो ।

मृतकहरु टान्डा बाँधबाट आफ्नो पैतृक गाउँ खारा घारी मुहम्मद जाई फर्किरहेका बेला आक्रमणकारीहरूले गोली चलाएको अधिकारीहरुले जानकारी दिएका छन् । प्रहरी टोलीको सहयोगमा, उद्धार टोली अधिकारीहरूले शव र घाइतेहरुलाई कोहट जिल्ला मुख्यालय अस्पतालमा पु¥याएका थिए ।

प्रहरीका अनुसार मृतक र घाइते सबै साथी भएको पुष्टि भएको छ । आक्रमणकारीहरू फरार रहेको र उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।