
काठमाडाैं ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशसचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्त भएको छ ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आइतवार काठमाडौं आइपुग्नुभएका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गर्नुुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ ३१ मा प्रश्तावित भारत भ्रमणको तयारी छलफलका लागि मिस्री नेपाल आउनुभएको बताइएको छ । नेपाल भ्रमणका क्रममा उहाँले राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग छुट्टा–छुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्