Logo २५ माघ २०८२, आइतबार | Mon Feb 9 2026


बिपी राजमार्गमा रात्रिकालीन आवागमनमा राेक


338
Shares

काठमाडौं ।

वर्षाकाे कारण बाढी–पहिरोको जोखिम बढेको भन्दै बिपी राजमार्गमा काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङ्ग–भकुण्डेवेसी हुँदै सिन्धुलीतर्फ जाने सवारीसाधनमा रात्रिकालीन आवागमन राेक लगाइएकाे छ ।

जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले देशभर मनसुन सक्रिय रहेकाले बाढी, पहिरो जस्ता विपद्को सम्भावना उच्च रहेको भन्दै रातीको समयमा सवारी सञ्चालनमा रोक लगाएको जनाएको हो ।

यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै आज भदौ १ गतेदेखि १५ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडक खण्डमा सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएकाे हाे ।

जिल्ला सुरक्षा समिति, काभ्रेपलाञ्चोकको २०८२ साउन ३० गते बसेको बैठकले यस्तो निर्णय गरेको सहायक प्रमुख प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जारी गरेको सूचनामा उल्लेख छ । प्रशासनले सो अवधिमा यात्रा नगरी वैकल्पिक व्यवस्था अपनाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।