१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


आजकाे माैसम: यी प्रदेशमा भारी वर्षाको सम्भावना


936
Shares

काठमाडौं ।

नेपालमा मनसुन केही कमजोर भए पनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जस कारण देशका विभिन्न स्थानमा आज ९आइतबार० पनि वर्षाको सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन केही कमजोर रहेको छ ।

विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । मधेस, कोशी र वागमती प्रदेशको तराई र पहाडी भू–भाग तथा बाँकी प्रदेशको पहाडी भू–भागको केही स्थानमा तथा बाँकी तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

कोशी र वागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विभागले राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

मधेस प्रदेशलगायत कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू–भाग र बाँकी प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको तराई र पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।