३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


समावेशी लोकतन्त्र बनाउन काँग्रेस दृढ छः सभापति देउवा


78
Shares

काठमाडाैं ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको नेतृत्वमा प्राप्त भएका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीताको प्रभावकारी कार्यान्वयनमा नेपाली काँग्रेस दृढ रहेको बताउनुभएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली काँग्रेसकै नेतृत्वमा रहेको सरकारले निरंकुश राणा शासनको विरुद्ध आवाज बुलन्द गरी शाहदत प्राप्त गरेको क्याप्टेन लखन थापा मगरलाई प्रथम शहीद घोषणा गरेको तथ्य स्मरण गराउनु भयो ।

उहाँले नेपाली काँग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धीहरु गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीताको प्रभावकारी कार्यान्वयनमा नेपाली काँग्रेस दृढ रहेको बताउनु भयो । मगर समुदाय लगायत आदिवासी, जनजातिले अहिले प्राप्त गरेको उपलब्धीलाई जोगाउनु र अझै समावेशी लोकतन्त्र बनाउन काँग्रेस दृढ रहेको रहेको उल्लेख गर्नुभयो ।

मगर लगायत आदिवासी समुदायको परम्परागत, ज्ञान, सीप र पेशाको सुरक्षा प्रवद्र्धन गर्दै जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न नेपाली काँग्रेस आदिवासी जनजातिसँग सहकार्य गर्न तयार रहेको बताउनु भयो । सभापति देउवाले भन्नुभयो, ‘नेपाली काँग्रेसकै नेतृत्वमा रहेको सरकारले निरंकुश राणा शासनको विरुद्ध आवाज बुलन्द गरी शाहदत प्राप्त गरेको क्याप्टेन लखन थापा मगरलाई प्रथम शहीद घोषणा गरेको तथ्यलाई पनि म राख्न चाहन्छु ।

नेपाली काँग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धीहरु गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीताको प्रभावकारी कार्यान्वयनमा नेपाली काँग्रेस दृढ छ । संविधान संशोधन गरेर मगर समुदाय लगायत आदिवासी, जनजातिले अहिले प्राप्त गरेको उपलब्धीलाई जोगाउनु नै अझै समावेशी लोकतान्त्रिक बनाउन काँग्रेस दृढ रहेको छ ।

मगर लगायत आदिवासी समुदायको प्रचारजन्य परम्परागत, ज्ञान, सीप र पेशाको सुरक्षा प्रवद्र्धन गर्दै जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न नेपाली काँग्रेस आदिवासी जनजातिसँग सहकार्य गर्न तयार छ ।’ सभापति देउवाले जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न आदिवासी समुदायसँग नेपाली काँग्रेसले सहकार्य गर्ने बताउनु भयो ।