३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


सौर्य दुर्घटना छानबिनमाथि नै प्रश्न


3.016k
Shares

काठमाडौं ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटना मानवीय त्रुटीबाटै भएको सरकारी अध्ययनको ठहर रहेको छ ।

जहाज दुर्घटनापछि सरकारद्वारा गठित एक उच्च आयोगले गरेको अध्ययनले प्राविधिक रुपमा भन्दा पनि जहाज दुर्घटना मानविय त्रुटीबाटै भएको निष्कर्ष निकालेको थियो ।

सौर्य एयरलाइन्स दुर्घटना जाँचबुझ आयोगका अध्यक्ष एवं नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशलाल सुमनले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा जहाज दुर्घटनाका मानवीय त्रुटीकै कारण भएको ठोकुवा गर्नुभयो ।

कारण पत्ता लगाउन ‘ह्युमन फ्याक्टर’, सेफ्टी म्यानेजमेन्ट सिस्टमका बारेमा धेरै अध्ययन गरिएको उहाँले दाबी गर्नुभयो ।
दुर्घटनामा परी ज्यान गुमाएका कोपाइलट सुशान्त कटुवालका पिता ओम कटुवालले भने विमान दुर्घटनाका लागि अध्यययन गर्न गठित आयोगका संयोजकले आफूमाथि ह्यारेसमेण्ट गरेको आरोप लगाउनुभयो ।

आयोगका अध्यक्ष पक्षपाती भएको पनि उहाँले आरोप लगाउनुभयो । आफूसँग कुरा गर्न जाँदा समेत ह्यारेसमेण्ट गर्नुभएको र आफूले खाइरहेको औषधि समेत रोकेको उहाँको आरोप छ ।

दुर्घटनामा तीन सन्तति गुमाएका प्रकाश खतिवडाले वायुयान दुर्घटना जाँचबुझको प्रतिवेदनमाथि असन्तुष्टि व्यक्त गर्नुभयो ।
उहाँले सौर्य एयरलाइन्स, एरोड्रोन र नेभिगेसनको कुरा प्रतिवेदनमा गरिएको तर क्यानलाई सेवा प्रदायक भनेर उल्लेख नगरिएकोप्रति आपत्ति जनाउनुभयो ।