३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


आज एन्फा राष्ट्रिय महिला लिग छनोट


455
Shares

काठमाडौं ।

एन्फा राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगितामा छहारी युवा क्लबले सानदार सुरुवात गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा भएको उद्घाटन खेलमा एफसी रियले क्लबलाई ३–० गोलले हराउँदै छहारीले विजयी सुरुवात गरेको हो ।

छहारीका लागि ललिता मण्डल, सुमित्रासिंह पाख्रिन र सानिमा माया लोले एक–एक गोल गरेका थिए । यो जितसँगै छहारी युवा क्लबले पहिलो खेलबाट ३ अंक जोड्दै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ ।

रियलेले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । दोस्रो खेलमा समूह ‘बी’ को संकटा क्लबले रौतहटको नेपाल खेलकुद क्लबमाथि १–० गोलको जित निकाल्दै सुखद सुरुवात गरेको छ । संकटाको जितमा कप्तान यशोदा शाही ठकुरीले गोल गरेकी थिइन् । यो जितसँगै संकटाले पहिलो खेलबाट ३ अंक जोडेको छ ।

प्रतियोगितामा सहभागि १४ टोली दुई समूहमा विभाजित छन् । सिंगल राउन्ड रोबिनको आधारमा हुने छनोटपछि पाँच टोली एन्फा महिला लिगमा छनोट हुनेछन् । छनोटपछि हरेक समूहको विजेता र उपविजेता टोलीले स्वतः एन्फा महिला लिगमा स्थान पक्का गर्नेछन् । यस्तै, अंकतालिकाको तेस्रो स्थानमा अटाउने दुई टोलीमध्येको विजेता पनि छनोट हुनेछ ।