
काठमाडाैं ।
भारतको कश्मीरको किष्टवार जिल्लामा मुसलधारे वर्षापछि बादल फाटेर आएको बाढीमा परेर कम्तीमा ४६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। अझै केही व्यक्ति बेपत्ता छन्।
स्थानीय प्रशासन र उद्धार टोलीले प्रभावित क्षेत्रबाट ३५ घाइतेको उद्धार गरिसकेका छन्। तर निरन्तरको वर्षाले सडकहरू भत्किँदा राहत र उद्धार कार्यमा कठिनाइ भएको जनाइएको छ। घटना स्थल राजधानी श्रीनगरबाट करिब २०० किलोमिटर टाढा रहेको छ।
मुख्यमन्त्री ओमर अब्दुल्लाह र प्रधानमन्त्री नरेन्द्र मोदीले दुस्ख व्यक्त गर्दै पीडितहरूलाई आवश्यक सबै सहयोग उपलब्ध गराउने बताएका छन्।
विज्ञहरूका अनुसार, जलवायु परिवर्तन र अनियोजित विकासका कारण यस्ता विपद् बारम्बार र गम्भीर बन्दै गएका छन्। संयुक्त राष्ट्रसंघको डब्लुएमओले पनि बढ्दो बाढी र खडेरी जलवायु संकटका संकेत भएको बताएको छ।
प्रतिक्रिया दिनुहोस्